कार्य क्षेत्र

हामी विशेष गरी एउटा जिल्ला र एउटा समुदायमा ध्यान केन्द्रित गर्दैनौं, हामी पहिले स्थान, उचाइ, रुचि भएका व्यक्तिहरू, र कफी सम्भावित भूमि हेर्छौं। हामी नेपालभर काम गर्छौं, विशेषगरी समुद्र सतहभन्दा ८०० मिटरभन्दा माथि। सरकारले गोरखा, लमजुङ, धादिङ, तनहुँ, गुल्मी, काब्रे, सिन्धुपाल्चोक, नुवाकोट, पर्वतलगायत जिल्लालाई कफी जोन क्षेत्रका रूपमा छनोट गरेको र सैद्धान्तिक रूपमा हामी त्यहाँ कफी उत्पादन गर्न इच्छुक छौं । हाम्रो लक्ष्य सकेसम्म धेरै रोजगारी सिर्जना गर्ने हो।