चार्ज नेपालको बारेमा

हामी को हौं र किन हामीले चार्ज नेपाल सुरु गर्यौं?
बेन र लिन्डा कोस्टविन्डर अप्रिल २०१५ को भूकम्पपछि नेपाल आएका थिए र  यहाँको अवस्था देखेर उनीहरु स्तब्ध भए। देश ध्वस्त भएको कारणले मात्र होइन, मुख्यतया धेरै नेपाली पुरुष पैसा कमाउन परिवार छाडेर विदेश जानु परेको बाध्यात्मक अवस्थाको बारेमा सुनेर पनि उनीहरु स्तब्ध भए ।



नेपालमा उच्च बेरोजगारी को समस्या छ । २०१६ मा उनीहरूले नेदरल्यान्ड्समा आफ्नो राम्रो जागिर छोड्ने निर्णय गरे, ताकि नेपालीहरूका लागि काम सिर्जना गर्न सकियोस ताकि नेपालीहरु आफ्नो परिवारसँग सँगै बस्न सकुन । यहि कुरा नै नेपालमा चार्ज नेपाल प्रा. लिको सुरूवातको संकेत थियो । 

  • हाम्रो कानूनी कागजातहरू हेर्नुहोस्